धादिङ ,२४,पुस

गुणस्तर तथा नापतौल विभागले धादिङकै पुरानो ओम ग्याँस सहित दुई ग्याँस उद्योग सिल गरेको छ । "/>

ओम र नमस्ते ग्याँस उद्योगमा पनि सिल लगाइयो

ओम र नमस्ते ग्याँस उद्योगमा पनि सिल लगाइयो

केन्द्रबिन्दु
0
Shares

धादिङ ,२४,पुस

गुणस्तर तथा नापतौल विभागले धादिङकै पुरानो ओम ग्याँस सहित दुई ग्याँस उद्योग सिल गरेको छ । आइतबार विभागको टोलीले अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइए पछि राजमार्ग क्षेत्रमा संचालित ओम र नमस्ते ग्याँस उद्योग सिल गरेको हो। थाक्रे गाउँपालिकामा रहेको ओम ग्याँस उद्योग प्रालि र गल्छी गाउँपलिकाको बैरेनीमा सञ्चालित नमस्ते ग्याँस उद्योग प्रालिमा सिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए।

उनका अनुसार दुईवटै उद्योगलाई तीन दिन भित्र आवश्यक कागजात र लिखित जवाफ सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनको क्रममा ओम ग्याँस उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको छ । हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नु पर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ। ओम ग्याँस ०६३ सालमा संचालनमा आएको थियो। संचालन आएपछि एकपटक पनि हाइड्रोस्टेटिक परिक्षण गराएको छैन।
त्यस्तै नमस्ते ग्याँस उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको छ। ग्याँस सिलिण्डर पड्किने क्रम बढे सँगै विभागले गएको शुक्रबार देखि देशैभरीका ग्याँस उद्योगमा अनुगमन सुरु गरेको छ। टेम्पोमा ग्याँस भर्ने सहित देशभर ५७ वटा ग्याँस उद्योग भए पनि ४ वटाले मात्रै नेपाल गुणस्तर चिन्ह लिएका छन् । विभागले शुक्रबार मात्रै काभ्रे जिल्लामा रहेका ग्याँस उद्योगको अनुगमन गरि ३ वटामा सिल गरेको थियो ।
नागरिकबाट

Logo