काठमाडौं,२३,पुस
चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको निर्यात वृद्धि जम्मा ६.४ प्रतिशत मात्रै छ । जबकि आयातको वृद्धि भने १०.९ प्रतिशत रहेको छ । "/>

निर्यात उच्चदरमा घट्दै : आयात सोहि दरमा वृद्धि

निर्यात उच्चदरमा घट्दै : आयात सोहि दरमा वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२३,पुस
चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको निर्यात वृद्धि जम्मा ६.४ प्रतिशत मात्रै छ । जबकि आयातको वृद्धि भने १०.९ प्रतिशत रहेको छ । सरकारले निर्यात वृद्धिलाई प्राथमिकतामा राखेको देखिए पनि त्यसको परिणाम भने सन्तोषजनक देखिएको छैन । ०७० साल यता नेपालको निर्यात वृद्धिदर दोहोरो अंकमा वृद्धि हुन सकेको छैन । त्यसअघि र त्यसपछिका ५ वर्षयता निर्यात वृद्धि पटक–पटक ऋणात्मक देखिएको छ । पछिल्ला ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालको निर्यात कुनै पनि वर्ष १ खर्ब पुग्न सकेको छैन । जबकि आयात भने प्रत्येक वर्ष ६ खर्ब भन्दा माथि छ । आव ०७०,७१ मा सबैभन्दा बढी अर्थात् ९१ अर्ब ३६ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ ।

चालू आवको चार महिनामा नेपालले २६ अर्बको निर्यात गरेर ३ खर्ब ३६ अर्बको आयात गरेको छ । पछिल्ला ५ वर्षमा नेपालले कुल ३३ खर्ब ८८ अर्ब ९७ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा नेपालले कुल ३७ खर्ब ८२ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर निर्यात भने ३ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँबराबरको मात्रै गर्न सकेको छ । ५ वर्षमा नेपालले गरेको आयात सोही अवधिमा भएको निर्यातको तुलनामा करिब १० गुणाले बढी हो ।
नयाँपत्रिकाबाट

Logo