काठमाडौँ, २२, पुस
सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्याँस उद्योगलाई बन्द गर्ने तयारी गरेको छ । ग्याँस उद्योगलाई गुणस्तर चिह्न लिन अनिवार्य गरिए पनि एक वर्ष बिति सक्दा अधिकांश उद्योगले गुणस्तर चिह्न नलिएपछि कारवाही गर्न लागिएको हो । "/>

ग्याँस उद्योगमा अनुगमन तिव्र : ४९ उद्योग कारवाहीमा

ग्याँस उद्योगमा अनुगमन तिव्र : ४९ उद्योग कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, पुस
सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्याँस उद्योगलाई बन्द गर्ने तयारी गरेको छ । ग्याँस उद्योगलाई गुणस्तर चिह्न लिन अनिवार्य गरिए पनि एक वर्ष बिति सक्दा अधिकांश उद्योगले गुणस्तर चिह्न नलिएपछि कारवाही गर्न लागिएको हो । मुलुकमा सञ्चालित अधिकांश ग्याँस उद्योगले मापदण्ड पूरा नगरेपछि त्यसलाई सरकारले कडाइ गरेको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबार देखि नै ग्याँस उद्योगको अनुगमन गर्ने र मापदण्ड पूरा नगर्ने उद्योगलाई बन्द गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर चिह्न नलिने उद्योगलाई बन्द गर्न लागिएको बताए । “सार्वजनिक सूचना आह्वान गरेर उद्योगीलाई पटक पटक गुणस्तर चिह्न लिन आह्वान गरिएको थियो,” महानिर्देशक पुडासैनीले भने, “नियम पालना नगर्ने उद्योगलाई बन्द गर्छौं ।” पहिलो चरणमा ग्याँस प्लान्टमा भएका कमजोरी अनुगमन गर्ने तथा मापदण्ड पूरा नगर्ने उद्योगको सञ्चालन रोक्का गरी कारवाहीका लागि जिल्ला प्रशासन कार्यलय मार्फत मुद्दा दायर गरिने उनले जानकारी दिए । उद्योगीको लापरवाहीका कारण ग्याँस सिलिण्डर बिस्फोटनका घटना बढ्न थालेपछि ग्याँस उद्योगलाई कडाइ गरिएको हो ।

विभागका अनुसार गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्याँस प्रालि, नेपाल ग्याँस उद्योग, श्रीकृष्ण ग्याँस उद्योग प्रालि र साइबाबा ग्याँस उद्योग प्रालि छन् । ४९ उद्योगले तोकिएको समयमा मापदण्ड पूरा नगरेकाले कारबाही पर्ने विभागले जानकारी दिएको छ । विभागले सार्वजनिक सूचना निकालेर ०७३ माघ २७ सम्म सबै ग्याँस उद्योगलाई गुणस्तर चिह्न अनिवार्य गरेको थियो । तर सरकारले दिएको समय बितेको लामो समय भइसक्दा समेत उद्योगहरूले अझै चिह्न लिएका छैनन् ।
कारोबारबाट

Logo