नेपाल भित्रियो प्योगोटको ३००८ एसयूभी

नेपाल भित्रियो प्योगोटको ३००८ एसयूभी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१ पुस ।
फ्रान्सको कार निर्माता कम्पनी प्योगोटले सन् २०१६ मा निकालेको एवार्ड विनिङ मोडलको एसयूभीलाई नेपाली बजारमा ल्याएको छ । ५८ जना यूरोपियन पत्रकारहरुले ‘कार अफ दि इयर–२०१७’ घोषित यो एसयूभीले सन् १९६४ पछि उत्कृष्ट सवारी साधनको सम्मान पाएको थियो ।

प्योगोटको ३००८ मोडलको यो एसयूभीको आकर्षण भनेको यसको डिजाइन र चालकलाई दिएको सुविधा नै हो । यसले ड्राइभर सिटमा राखेको सुविधा कुनै विमानको पाईलटले प्रयोग गर्ने किसिमले बनाएको छ । जसलाई कम्पनीले प्योगोट आई ककपिट नाम दिएको छ ।

ड्राइभरलाई दिएको सुविधामा यसको स्टेरिङलाई आनन्द दिने किसिमले निर्माण गरिएको छ । यो वाहेक चालकले यसमा रहेका बटनहरु र टच स्क्रिनवाट गर्न सक्ने सुविधाहरुले गर्दा यो एसयूभी थप आनन्ददायी हुने देखिन्छ । यसमा चालकले प्रयोग गर्न मिल्ने गरेर करिव साढे १२ ईन्चको डिजिटल स्क्रिन दिएको छ भने अर्को ८ ईन्चको पनि स्क्रिन रहेको छ । जसको मद्धतले चालकले आफ्नो ईच्छा अनुसार सवारीका फिचरहरुलाई परिवर्तन गर्न सक्छन् । जसको कारण चालकले यो मोडलको एसयूभी चलाउदा आफुलाई आत्मविश्वासी भएको महसुस गर्न सक्छन् ।

चालकलाई सवारी चलाउन सजिलो होस् भनेरै मिरर स्क्रिन, स्मार्टफोन चार्जरका साथै सवारी साधनको नेभिगेसन हेर्न मिल्ने सुविधाहरु पनि रहेको छ । यसको ड्यासबोर्डमा रहेको स्क्रिनमा आफ्नो स्मार्टफोन कनेक्ट गर्दा एण्ड्रोइड र आइएसओका प्रयोगकर्ताले भ्वाईस कमाण्डवाटै फोन गर्न र फोन रिसिभ गर्न सक्छन् । यसका लागि चालकले आफ्नो स्मार्टफोनमा नहेरी ड्यासबोर्डको स्क्रिनमा हेरेर गर्न सक्छन् ।
यो एसयूभी नेपालमा अहिले पेट्रोल ईन्जिन भर्जन मात्र आएको छ । यूरो मापदण्ड अनुसारको डिजेल नभएको कारण डिजेल ईन्जिन भने नेपालमा आएको छैन । ४ सिलिण्डर रहेको यो एसयुभीको १६५ बिएचपी क्षमता रहेको छ । जसको कारण यो नेपालको ग्रामिण सडकलाई पनि उपयुक्त रहेको देखिन्छ ।

Logo