काठमाडौं, २१, पुस
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्दै आएको भए पनि नेपाल आयल नियमको घाटा कम भएको छैन । "/>

एक महिनामा ३ पटक मूल्यवृद्धि : निगम भने अझै घाटामा !

एक महिनामा ३ पटक मूल्यवृद्धि : निगम भने अझै घाटामा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, पुस
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्दै आएको भए पनि नेपाल आयल नियमको घाटा कम भएको छैन । करिब एक महिनाको अवधिमा तीनपटक इन्धनको मूल्यवृद्धि गरे पनि निगम घाटामुक्त भने हुन सकेको छैन । स्वचालीत मूल्य सुची अनुसार मूल्य समायोजन भएकाले घाटा व्यवस्थापन गर्न सकिने अवस्थामै रहेको र विस्तारै घाटा व्यवस्थापन हुँदै जाने निगमले जनाएको छ । जनवरी १६ तारिख सम्म निगमको मासिक घाटा २६ करोड ४० लाख रहने छ । हरेक अंग्रेजी महिनाको १ र १६ तारिख इन्डियन आयल कर्पोरेसनले निगमलाई अन्तर्राष्ट्रिय मूल्य अनुसारको नयाँ मूल्यसूची पठाउने गरेको छ । विगतको महिनामा मूल्य बढेर आएका कारण निगमको घाटा बढेको हो।

अब सन् २०१८ को जनवरी १६ मा पनि मूल्यसूचीमा मूल्य बढेर आए निगमको घाटा झन् चुलिने निगमको दाबी छ । अघिल्ला महिना भने निगमको घाटा २३ करोड रहेको थियो भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि हुनु तथा नेपालमा औसत भन्दा धेरै परिमाणमा इन्धन खपत हुनु घाटा बढीको हुनु रहेको निगमले जनाएको छ ।

डिजेल र ग्याँस महँगोमा किनेर सस्तोमा बेच्दै आएको निगमले पेट्रोल लगायत अन्य इन्धनमा नाफा राखे पनि घाटा हुँदै आएको छ । निगमले ग्याँसमा प्रतिसिलिन्डर २ सय ८ रुपियाँ ३० पैसा, डिजेलमा प्रतिलिटर २ रुपियाँ ७१ पैसा घाटा हुँदा ग्याँसमा मासिक ४६ करोड ४६ लाख, डिजेलमा ३७ करोड ४६ लाख रुपियाँ घाटा रहेको दाबी गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo