जागिर लगाइदिने भन्दै रकम असुल्ने वकिलसहित २ जना पक्राउ

जागिर लगाइदिने भन्दै रकम असुल्ने वकिलसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २० पुस ।

जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने दुई जना जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सप्तरीको बालन गाउँपालिका घर भइ हाल कोटेश्वर बस्दै आएका ३७ वर्षीय जयप्रकाश दास र सिरहाको भगवानपुर गाउँपालिका घर भइ हाल बानेश्वरको शान्तिपनगरमा बस्दै आएका ४३ वर्षीय अशोककुमार मुखियालाई पक्राउ गरिएको हो ।

उनिहरुले नेपाल विद्युत प्राधिकरणको सिनियर मिटर रिडर पदमा जागिर लगाइदिने भन्दै केही व्यक्तिहरुसँग पैसा उठाएर गठि गरेका थिए ।

दास कानुन व्यवसायी समेत हुन् ।

आफूहरु श्रम मन्त्रालयको कर्मचारी भएको बतानउँदै आएका उनिहरुले नाम निकालिदिने र त्यसवापत उक्त रकम दिनु पर्ने भन्दै पैसा असुल्ने गरेको खुल्न आएको छ ।

बैंक खातामा रकम जम्मा भएपछि दुवै जना सम्पर्कबिहीन भएका थिए । अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई ठगीजन्य कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दा अन्तरगत अनुसन्धान अघि बढाएको छ ।

Logo