काठमाडौं,१८,पुस
आउँदो वर्षकै बर्षा याम देखि नेपालमा बिजुली उत्पादन माग भन्दा बढी हुने भएको छ । तर हिउँदमा भने अझै ५ वर्ष बिजुली अभाव हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । "/>

आगामी बर्षायाम देखि बिजुली बढी हुने !

आगामी बर्षायाम देखि बिजुली बढी हुने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१८,पुस
आउँदो वर्षकै बर्षा याम देखि नेपालमा बिजुली उत्पादन माग भन्दा बढी हुने भएको छ । तर हिउँदमा भने अझै ५ वर्ष बिजुली अभाव हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । चालू वर्षको बर्षामा समेत भारतबाट विद्युत आयात गरेको प्राधिकरणले हालै गरेको प्रक्षेपणले भने आगामी बर्षामा विद्युत वढी हुने देखाएको हो । सन् २०१८,१९ मा मात्र बर्षाको समयमा ४ सय ४१ मेगावाट विद्युत बढी हुने प्रक्षेपणमा उल्लेख छ । प्रक्षेपण अनुसार विद्युतको माग १ हजार ८ सय ४२ मेगावाट हुनेछ भने आपूर्ति २ हजार २ सय ८३ मेगावाट हुनेछ ।
निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै प्राधिकरण र निजी क्षेत्रबाट आउने बिजुलीको कारण बिजुली बढी हुने ठहर प्राधिकरणको छ । त्यसैगरी बर्षाहरू मध्ये २०१९,०२० मा ६ सय ६१ मेगावाट, २०२०,०२१ मा ९ सय ४६ मेगावाट, २०२१,०२२ मा ९ सय १ मेगावाट तथा २०२२,०२३ मा ६ सय ७० मेगावाट विद्युत् बढी हुने प्राधिकरणको प्रक्षेपण छ ।
कारोबारबाट

Logo