जुत्ता मेला भृकृटीमण्डपमा संचालन (भिडियो सहित)

जुत्ता मेला भृकृटीमण्डपमा संचालन (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, पुस १४ । राजधानीको भृकुटी मण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्न यही पुस १३ देखि जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी भैरहेको छ ।

प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ताचप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

भिडियो रिर्पोट हेर्नुहोला

नेपालभरि छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ताचप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरि प्रतिस्पर्धी मुल्यमा खरीद गर्ने अवसर मेलामा प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रदर्शनी अवधिभर निःशुल्क स्वास्थ्य शिविरको ब्यवस्था पनि मिलाईएको छ । शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेशको ब्यवस्था मिलाइएको छ । स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरेको आयोजकले जनाएको छ ।

मेलामा १० वटा प्रायोजकहरु सहित १ सय ३५ वटा स्टलहरु रहेका छन् । प्रदर्शनी अवधिभर उपभोक्ताहरुले प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा बस्तुहरु खरीद गर्ने अवसर पाएको आयोजक संस्थाका अध्यक्ष रविन श्रेष्ठले बताए ।

यस प्रदर्शनीमा प्रदर्शनी हलभित्रै छुटै स्टेज बनाई दैनिक रुपमा फेशन शोको आयोजना समेत गरिएको छ । त्यसमा चलेका उत्कृष्ट डिजाइनका जुत्ताचप्पलहरु तथा छालाजन्य बस्तुहरु बिभिन्न चर्चित मोडलले र्‍याम्पमा प्रस्तुत हुनेछन् ।

 

Logo