पुस, १५, काठमाडौं
केन्द्रविन्दु समाचारदाता
नेपाल बैंकर संघका अध्यक्ष अनिल केशरी शाहले राजनितीक अस्थिरताले वित्तिय संस्थाहरु धरापमा परेको बताएका छन् । "/>

वित्तिय संस्थाहरु गाउँ गाउँमा पुग्न जरुरी छ -अनिल शाह

वित्तिय संस्थाहरु गाउँ गाउँमा पुग्न जरुरी छ -अनिल शाह

केन्द्रबिन्दु
0
Shares

पुस, १५, काठमाडौं
केन्द्रविन्दु समाचारदाता
नेपाल बैंकर संघका अध्यक्ष अनिल केशरी शाहले राजनितीक अस्थिरताले वित्तिय संस्थाहरु धरापमा परेको बताएका छन् । मेघा बैंकका निवर्तमान सिइओ समेत रहेका शाहले नेपालमा आर्थिक कारोबार गर्ने संस्थाहरुको सुरक्षामा सरकारले ध्यान दिन नसक्दा र नियमनको पनि अभाव रहेकाले समस्या परेको बताए । उनले जब सम्म पुँजी गाउँमा पुग्न सक्दैन तब सम्म आर्थिक संस्थाहरु र समग्र गाउँको पनि विकास हुन नसक्ने धारणा राखे । पुँजी गाउँमा पठाउन बोरामा हालेर सम्भव नभएको र यसका लागी वित्तिय संस्थाहरु नै गाउँ गाउँमा पुग्नु पर्ने शाहको भनाई छ । मेघा बैंकले देशका कुना कुनामा शाखा विस्तार गरि सर्वसाधारणलाई बैंकको अनुभूति दिलाउने गरि काम गरिरहेको उनले जानकारी दिए ।

‘अनिल शाहले छोडे पनि मेघा बैंक डुब्दैन । ब्राण्ड क्रियसन नै ठूलो कुरा हो ।’ उनी भन्छन् “तर आफूले काम गर्दा संस्थाले र आफैंले पनि सन्तुष्टि लिन सक्नु नै ठूलो कुरा हो ।” व्यवसायी असफल हुँदैं गर्दा बैंकहरु भने मोटाएका छन् भनिन्छ नि भन्ने प्रश्नमा उनले त्यस्तो कुरा बजार हल्ला मात्र भएको बताए । उनी सँग गरिएको भिडियो कुराकानी :

 

 

Logo