काठमाडौं, १३, पुस
मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । "/>

बैंकहरुमा ऋण दिन पैसा अभावःव्याज वढ्न सक्ने

बैंकहरुमा ऋण दिन पैसा अभावःव्याज वढ्न सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३, पुस
मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । स्रोतहरुले दिएको जानकारी अनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ । अर्कोतिर यही महिना उद्योगी व्यवसायीले सरकारलाई ६० देखी ७० अर्ब रुपैयाँ अग्रिम कर तिर्दैछन् । केही कम्पनीहरु चाँडै सेयर निष्कासनको तयारीमा छन् ।
आगामी दिनमा आउने यी प्रमुख घटनाले वाणिज्य बैंकहरुमा तरलताको अवस्था कस्तो होला , बैंकहरु सर्वसाधारण र उद्योगी व्यवसायीलाई कर्जा दिन सक्ने अवस्थामा हुन्छन् वा हुँदैनन् ? दुई वर्ष अगाडिको जस्तै बैंकहरुमा पैसा नभएर समस्या त आउँदैन , राष्ट्रबैंकका अधिकारीहरु र बैंकरहरु विकराल अवस्था नआए पनि समस्या ठूलै हुन सक्ने बताउँछन् । सर्वोच्च अदालतको आदेशपछि अधिकांश बैंकहरु पर्याप्त रकम भएका सार्वजनिक संस्थाहरुमा पैसा माग्न गएको घटनाले आगामी दिन त्यत्ति सहज नहुने संकेत गरेको छ ।

नागरिकबाट

Logo