काठमाडौं, १३, पुस

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालि बीच बुधवार प्रारम्भिक सम्झौता भएको छ । "/>

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३, पुस

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालि बीच बुधवार प्रारम्भिक सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा आयोजित समारोहमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरे ।

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय दुई वर्ष अगाडि नै गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । शतप्रतिशत चिनीयाँ लगानीमा स्थापना हुने सो सिमेन्ट कारखानाको लागि नेपाल सरकारले हालै धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिएको थियो । सम्झौता अनुसार परियोजनाको कूल लागतको ०.२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ । लगानी बोर्डले जनाए अनुसार उक्त कम्पनीले खुला प्रतिष्पर्धाबाट नेपाल सरकारलाई ६० करोड भुक्तानी गरी खानी प्राप्त गरेको हो ।
नागरिकबाट

Logo