काठमाडौं,९,पुस
चालू आर्थिक वर्ष ०७४-७५ को पहिलो ५ महिना (मंसिर मसान्त) सम्म सरकारको लक्ष्य भन्दा ११ अर्ब १५ करोड रुपैयाँ राजस्व कम उठेको छ । "/>

मंसिर सम्म लक्ष्य भन्दा ११ अर्ब कम राजस्व उठ्यो

मंसिर सम्म लक्ष्य भन्दा ११ अर्ब कम राजस्व उठ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९,पुस
चालू आर्थिक वर्ष ०७४-७५ को पहिलो ५ महिना (मंसिर मसान्त) सम्म सरकारको लक्ष्य भन्दा ११ अर्ब १५ करोड रुपैयाँ राजस्व कम उठेको छ । यस अवधिमा सरकारले कुल २ सय ५१ अर्ब १२ करोड ७४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर राजस्व असुली भने २ सय ३९ अर्ब ९६ करोड ९० लाख मात्र संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर र आयकर लक्ष्य भन्दा निकै कम उठेपछि त्यसको प्रभाव समग्र राजस्व असुलीमा परेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । यस अवधिमा मूल्य अभिवृद्धि कर लक्ष्यको ८९.९४ प्रतिशत र आयकर ८८.८६ प्रतिशत मात्र उठेको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरू पुस महिना पछि राजस्व असुली लक्ष्य भन्दा पनि माथि जाने आशामा छन् । यसको संकेत देखिन थालिसकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस लागेपछिको ६ दिन (बिहीबार सम्म) मा १३ अर्ब रुपैयाँ राजस्व संकलन भइसकेको छ । निर्वाचनका कारण यस महिनामा राजस्व संकलन प्रभावित भए पनि पुसबाट लक्ष्य नाघ्ने अपेक्षा गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Logo