काठमाडौं, ८, पुस
चुनाव पछि मात्रै दुई पटक इन्धनको मूल्य बढाए पनि नेपाल आयल निगमले आफू अझै घाटामा रहेको जनाएको छ । "/>

आयल निगम अझै मासिक २३ करोड घाटा !

आयल निगम अझै मासिक २३ करोड घाटा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ८, पुस
चुनाव पछि मात्रै दुई पटक इन्धनको मूल्य बढाए पनि नेपाल आयल निगमले आफू अझै घाटामा रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमले मूल्य बढाउँदा घाटा कम भए पनि घाटामुक्त भने हुन नसकेको हो। अहिले पनि निगमको मासिक घाटा २३ करोड रहेको छ ।भारतमा इन्धनको मूल्यवृद्धि हुनु तथा नेपालमा औसत खपत भन्दा धेरै परिमाणमा इन्धन खपत हुनु घाटा कम नहुनुको मुख्य कारण रहेको निगमले जनाएको छ । डिजेल र ग्याँस सिलिन्डर महंँगोमा किनेर सस्तोमा बेच्दै आएको निगमले पेट्रोल लगायत अन्य इन्धनमा नाफा राखे पनि घाटा व्यहोर्ने गरेको छ । निगमले यसै साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्याँसको मूल्य बढाएको थियो ।

हरेक अंग्रेजी महिनाको १ र १६ तारिख इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निगमलाई अन्तर्राष्ट्रिय मूल्य अनुसारको नयाँ मूल्यसूची पठाउने गरेको छ । विगतको महिनामा मूल्य बढेर आएको कारणले निगमको घाटा बढेको हो । अब २०१८ को जनवरी १ मा पनि मूल्य सूचीमा मूल्य बढेर आए निगमको घाटा झन् चुलिने उसको दाबी छ ।आईओसीले पठाएको मूल्य अनुसार समायोजन गरे पनि निगमले ग्याँसमा प्रतिसिलिन्डर २ सय २६ रुपियाँ ७७ पैसा, डिजेलमा प्रतिलिटर १ रुपियाँ ७४ पैसा घाटा रहेको निगमले जनाएको छ । जसबाट एलपी ग्याँसमा निगमलाई मासिक ५४ करोड १० लाख, डिजेलमा २४ करोड ५४ लाख रुपियाँ घाटा रहेको छ ।

Logo