एनआइसी एशियालाई एकैसाथ दुई अवार्ड

एनआइसी एशियालाई एकैसाथ दुई अवार्ड

केन्द्रबिन्दु
0
Shares

एनआइसी एशिया बैंक लिमिटेडले एकै साथ दुईओटा अवार्ड पाउन सफल भएको छ । नेपालको बैंकिङ क्षेत्रमा उच्च स्तरीय वित्तीय सेवा पु¥याएकाले एक्सीलेन्स एण्ड लिडरशिप र बेष्ट ब्राण्ड अवार्ड पाउन सफल भएको हो ।

वल्र्ड एचआरडी कंग्रेस इम्प्लोएर ब्राण्डिङ इन्टिच्युट स्टार्स (द इण्डष्ट्री ग्रुप) द्वारा बुधबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा अर्थ राज्यमन्त्री उदयमशमशेर जबराले अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

यसअघि बैंकिङ क्षेत्रमा सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स्ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड समेत यस बैंकले प्राप्त गरिसकेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकमध्ये एक हो । बैंकले देशभर १४९ शाखा कार्यालय, १४१ एटीएम काउण्टर
र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।

 

 

 

 

Logo