एनआइसी एशिया बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

एनआइसी एशिया बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ पुस ।

एनआइसी एशिया बैंकले आफ्नो सेवा देशका दूर दराजसम्म पुर्याउने क्रम जारी राखेको छ । नयाँ शाखा खेल्ने क्रममा बैंकले दुर्गम जिल्ला बाजुराको मार्तडीमा शाखा शुरु गरेको छ ।

यु.के.एडसँग संयुक्त लगानीमा सञ्चालित सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा पुस ४ गते नयाँ शाखाको उद्घाटन गरिएको हो । शाखा कार्यालयको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो ।

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडि बढाइएको यस सहकार्यबाट एनआइसी एशिया बैंकले अंगीकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ । यस बैंकले मार्तडी शाखाका अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । सक्षम यु. के. एड द्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डिएफआइडी नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।

बाजुरा शाखाको बिस्तार सँगै हाल यस बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo