स्कूटर उपहारसहित आइफोन टेन नेपाली बजारमा

स्कूटर उपहारसहित आइफोन टेन नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौं, १४ मंसिर । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन टेन बजारमा ल्याएको छ । कम्पनीले मंसिर १५ गते (आज) देखि आइफोन टेन नेपालमा सार्वजनिक गरेको हो ।

आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ । एनसेल ग्राहकहरुका लागि प्रतेक महिना २ जीबि डाटा ८ महिनासम्म उपलब्ध हुनेछ ।

अर्ध बार्षिकमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गरेको छ  । साथै कम्पनीले ग्राहकलाई सक्कली बिल मात्र लिन हुन अनुरोध गरेको छ ।

आइफों टेन इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र खरिद गर्न सकिने जनाएको छ ।

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

Logo