भारतीय गो एयरले नेपालमा उडान भर्ने

भारतीय गो एयरले नेपालमा उडान भर्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १५ मङ्सिर । भारतीय गो एयरले नेपालमा उडान भर्ने तयारी गरेको छ । नेपालबाट दिल्ली–काठमाडौं रुटमा गो एयरले दैनिक एक उडान गर्न लागेको हो ।
यो उडान शुरु भएसंगै नेपालमा भारतबाट नेपाल आउने एयरलाइन्सको संख्या ४ वटा पुग्ने छ । हाल भारतबाट जेट एयरवेज, एयर इन्डिया र इन्डीगो एयरलाइन्सले उडान भर्दै आएका छन् ।

नेपालबाट भने नेपाल वायुसेवा निगमले मात्रै उडान भर्दै आएको छ । विगत लामो समयदेखि हिमालय एयरलाइन्सले उडान भर्न अनुमति मागे पनि हालसम्म भारतले स्विकृत दिएको छैन । गो एयरले मुम्बई, दिल्ली, चेन्नई, बैंग्लोर र कोलकत्तामा उडान भर्दै आएको छ । गो एयरले अन्तर्राष्ट्रिय उडान नै नेपालबाट सुरु गर्न लागेको हो ।

सन् २००५ मा स्थापना भएको एयरलाइन्ससंग हाल ३१ वटा विमानमार्फत २३ गन्तव्यमा उडान भर्दै आएको छ । भारत सरकारले ५ वर्ष आन्तरिक उडान नगरेसम्म अन्तर्राष्ट्रिय उडानको अनुमति दिदैंन । गो एयरले निकट भविष्यमै मलेसिया, थाइल्यान्ड, कुवेत लगायत देशमा उडान गर्ने तयारी गरेको छ ।

Logo