एनएमबी बैंकलाई बैंक अफ द इयर अवार्ड

एनएमबी बैंकलाई बैंक अफ द इयर अवार्ड

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १५ मङ्सिर । यो बर्षको बैंक अफ द इयर अवार्ड एनएमबी बैंकले प्राप्त गरेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई सन् २०१७ को सर्वाेत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो ।

गए राती लण्डनमा आयोजित समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अवार्ड थापेका हुन् । पत्रिकाले यो बर्ष १४१ देशका उत्कृष्ठ बैंकलाई अवार्ड दिएको जनाएको छ । बैंकले वासलात र वित्तिय अवस्था सुधारेर मात्र नभइ समग्र रणनीति, बहु च्यानल बैंकिङ र वित्तिय समावेशितामा समेत उत्कृष्ठता अपरिहार्य रहेको जनाएको छ ।

एनएमबी बैंकले दुई बर्ष अघि ४ संस्थालाई आफुमा चुक्ता पूँजीमा एक सबल बैंकको रुपमा स्थापित गरेको थियो । द बैंकर सम्मानले बैंकिङ मूल्य र मान्यता कायम राख्दै दिगो विकासप्रति समर्पित हुने अभियानमा थप हौसला मिलेको बैंकले जनाएको छ ।

Logo