शिवराज थारुले जिते यामाहाको स्कोडा र्यापिड कार

शिवराज थारुले जिते यामाहाको स्कोडा र्यापिड कार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ मंसिर ।

भैरहवाका शिवराज थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा र्यापिड कार जितेका छन् ।

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गरेको हो ।

लकी ड्र कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक विष्णु कुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेस्डर शरद भेषवाकरको पनि उपस्थिति थियो ।

भेषवाकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट शिवराज थारुको नाम निकालेका थिए । थारुले युरोपमा सबैभन्दा बढी रुचाइएको स्कोडा र्यापिड कार जितेका हुन् । उनले भैरहवास्थित किस्मत अटोमोबाइल्सबाट यामाहा एफजी–एस एफआई स्पेसल एडिसन खरिद गरेका थिए ।

यामाहाको दसौं योजना भदौको दोस्रो साताबाट शुरु भएर कात्तिक मसान्तमा अन्त भएको थियो । सो योजनाअनुसार यामाहाका ग्राहकले सात हजार रुपैयाँ नगद छुट र साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँसम्म जित्ने अवसर पाएका थिए । साथै, बम्पर पुरस्कारमा स्कोडा र्यापिड कार जित्ने मौका पाएका थिए ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन् ।

Logo