अन्तर्राष्ट्रिय स्तरको ‘किन्ले’ ब्राण्डको पानी नेपाली बजारमा (भिडियोसहित)

अन्तर्राष्ट्रिय स्तरको ‘किन्ले’ ब्राण्डको पानी नेपाली बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १२ मंसिर ।

कोकाकोला नेपालले वेभरेज मार्केटलाई लक्षित गरेर नेपाली बजारमा ‘किन्ले’ ब्राण्डको पानी सार्वजनिक गरेको छ । कोकाकोला कम्पनीले एक औपचारिक कार्यक्रम बीच उक्त ब्रान्डको पानीलाई सार्र्वजनिक गरेको हो ।

कार्यक्रममा कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले किन्ले ब्राण्ड अन्र्तराष्ट्रिय स्तरमा प्रख्यात रहेको दाबी गर्दै नेपालमा समेत यसले राम्रो बजार लिने विश्वास व्यक्त गरे ।

किन्लेका ब्राण्ड एम्बेसडर अभिनेता राजेश हमालले किन्ले ब्राण्डको पानी शुद्ध र सुरक्षित तथा सफा रहेकामा आफू विश्वस्त रहेको भन्दै उपभोक्तहरुलाई पनि विश्वस्त रहन आग्रह गरेका थिए । साथै उनले मानिस स्वस्थ रहनका लागि पानीको महत्वपूर्ण भूमिका रहेको भन्दै किन्ले जस्तो विश्वसनीय पानीको ब्राण्ड एम्बेसडर बन्न पाएकोमा खुसी व्यक्त समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी विज्ञ कविन्द्र पुडासैनीले कोकाकोलासँगको साझेदारीमा वर्षातमा परेको पानी जमिनमुनि पठाएर रिचार्ज गर्न सहयोग पुग्ने काम भइरहेको बताए ।

कम्पनीका अनुसार सार्वजनिक गरिएकोे पानी ८ चरणसम्म प्रोसेसिङ गरेर बजारमा ल्याइएको हो । उच्च गुणस्तरको शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले किन्ले उत्पादन थालेको कम्पनीले जनाएको छ । एक लिटर साइजमा उपलब्ध हुने उक्त पानीको बजार मूल्य कम्पनीले २५ रुपैयाँ तोकेको छ ।

मंगलबार काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा किन्लेका ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल, कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंह, बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्श लगायतले संयुक्त रूपमा किन्ले ब्राण्डकोे पानी सार्वजनिक गरेका थिए ।

Logo