यामाहाका ९औँ विजेता, जिते ९ लाख क्यास

यामाहाका ९औँ विजेता, जिते ९ लाख क्यास

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ कात्तिक ।

मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले साप्ताहिक लक्की ड्रबाट नवौं विजेता घोषणा गरेको छ । दसैं ग्राहक योजना ‘क्यास–इन–ओ’ अन्तर्गतको साप्ताहिक लकी ड्र अन्तर्गत घोषण गरिएको कार्यक्रममा इटहरीका थगेन्द्र थापा एक लाख रुपैयाँ पुरस्कार जित्दै नवौं विजेता ग्राहक बनेका हुन् ।

यामाहाले दसैं–तिहारको अवसरमा ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ ल्याएको थियो । जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्र मार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्पर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड कार जित्न सक्नेछन् । साप्ताहिक लकी ड्रको प्रत्यक्ष प्रसारण हरेक सोमबार हिमालय टेलिभिजनको ‘द इभनिङ सो एट ६’ र यामाहा नेपालको आधिकारिक फेसबुक पेजमा गरिन्छ ।

थगेन्द्रभन्दा पहिले पहिलो साप्ताहिक विजेता काठमाडौंका दिपेन्द्र बस्नेत, त्यसपछि रीचा श्रेष्ठ, आयुष शाक्य, नगेन्द्र श्रेष्ठ, बालिका खनाल, मिराना ग्लोबल प्रा. लि., शोभन घिमिरे र रामजंग गुरुङ साप्ताहिक लकी ड्रबाट विजेता भइसकेका छन् । यामाहाको यो योजना कात्तिक मसान्तसम्म जारी रहनेछ ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र प्राविधिक रूपमा उच्च स्तरीय आर ३ उपलब्ध छन् ।

 

Logo