१० लाखको ‘आईएमई छक्का–पञ्जा’ उपहार अम्बिकालाई

१० लाखको ‘आईएमई छक्का–पञ्जा’ उपहार अम्बिकालाई

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौँ, कात्र्तिक २०
आइएमर्ईले छक्का–पञ्जा अफर अन्र्तगतको १० लाख उपहार श्रीमती अम्बिका न्यौपानेलाई प्रदान गरेकोछ । आइएमर्ईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत नगद १० लाख रुपैयाको पहिलो बम्पर उपहार न्यौपानेलाई परेको छ ।

दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ल्याएको उक्त अफर अन्र्तगत नगद १० लाख राशीको रुपैया उपहार स्वरुप न्यौपानेले प्राप्त गर्नुभएको छ । आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई दिएका छन् ।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त उपहार दिएको हो ।

आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार ८ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको आइएमईले जनाएको छ ।

Logo