चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता

चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता । काठमाडौँ, १६ कार्तिक।

चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिनेदिने सम्बन्धी सम्झौता भएको छ ।

यी दुईबीचको सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सबाट महाप्रवन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु र यात्रुहरुले दुवै तर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाईएको छ ।

छुट सम्बन्धी व्यवस्था सम्झौता पत्रको सेवा र शर्तहरुमा आधारित हुनेछ । कर्मचारीहरुको हकमा दुवै तर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रुको हकमा यात्रा अवधिको बोर्डिङ्ग पास र टिकट देखाउन अनिवार्य गरिएको छ ।

सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले दुई सय ५१ अन्तर्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज छन् भने विश्वका ३ सय गन्तव्यमा नियमित उडान भर्दै आएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Logo