काठमाडौँ, १७, कात्तिक
राजनीतिक स्थायित्व नहुँदा, लगानीको पर्याप्त अवसर नमिल्दा र केही वाणिज्य बैंकहरुको आन्तरिक प्रशासन चुस्त नहुँदा समग्र वाणिज्य बैंकहरुको आन्तरिक आर्थिक अवस्थामा अस्थिरता देखिएको छ । "/>

वाणिज्य बैंकहरुको आर्थिक अवस्था अस्थिर

वाणिज्य बैंकहरुको आर्थिक अवस्था अस्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १७, कात्तिक
राजनीतिक स्थायित्व नहुँदा, लगानीको पर्याप्त अवसर नमिल्दा र केही वाणिज्य बैंकहरुको आन्तरिक प्रशासन चुस्त नहुँदा समग्र वाणिज्य बैंकहरुको आन्तरिक आर्थिक अवस्थामा अस्थिरता देखिएको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये बिहीबार सम्म ११ वटाले चालू आर्थिकवर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकोमा सातवटा बैंकको नाफा बढेको देखिए पनि तीनवटाको नाफा घटेको छ । सो अवधिमा नबिल, एभरेष्ट, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया र एनएमबी बैंकको नाफा बढेको छ । तर सिटिजन्स इन्टरनेशनल बैंक, हिमालयन बैंक र मेगा बैंकको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

नाफा बढाउनेहरु मध्ये नबिल बैंकको नाफा उच्च देखिएको छ । नबिलले पहिलो त्रैमासिक अवधिमा ८४ करोड २० लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब चार करोड ३२ लाख २१ हजार रुपैयाँ रहेको नबिलले चालू आवको पहिलो तीन महिनामा एक खर्ब २२ अर्ब ७९ करोड ७० लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ९८ करोड ४४ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा एक अर्ब ३६ करोड ६९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम नौ करोड ४८ लाख ४१ हजार रुपैयाँ रहेको नबिलमा एक दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
आर्थिक दैनिकबाट

Logo