‘निकट भविष्यमा मर्चेन्ट बैंकको काम पनि सुरु हुन्छ’

‘निकट भविष्यमा मर्चेन्ट बैंकको काम पनि सुरु हुन्छ’

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय बजारमा बैंकहरुको प्रतिस्पर्धा चर्को छ । बैंकले आफ्नो पुँजी वृद्धि गर्न विभिन्न कसरत पनि गरिरहेका छन् । त्यसो त राष्ट्र बंैकको योजना अनुरुप बैंकको पुँजी वृद्धिका लागि मर्ज हुने कार्य पनि जारी नै छ । यही योजना अनुरुप बैंक अफ काठमाण्डुमा वी ओके र लुम्बिनी मर्ज भएका छन् । यही सेरोफेरोमा रहेर बैंकको सुरक्षा र चुनौतीलगायतका विषयमा केन्द्रबिन्दु डट कमले बैंक अफ काठमाण्डुका चिफ अप्रेसन अफिसर प्रवीण प्रकाश क्षेत्रीसँग कुरा गरेको छ ।

बैंकमा सुरक्षाको चुनौती बढेकै हो ? भर्खरै एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक भएको घटनाले कस्तो प्रभाव पारेको छ ?

–बैंकमा सुरक्षा चुनौती भन्दा अहिले धेरैजसो त स्विफ्ट ह्याकिङ भएको भन्ने कुरा आइरहेको छ । सुरक्षामा अपनाउनुपर्ने कुरा के छ भने हाम्रा कन्ट्रोल मेजर्सहरु हुन्छन्, तिनलाई प्रपर वे मा अपनाइएको खण्डमा यस्तो ह्याक हुँदैन । बैंकले चाहिँ ध्यान दिनै पर्ने हुन्छ कि यसमा जति पनि आइटीलाई डिप्लोए गर्दै गइरहेको छ इन्फरमेशन टेक्नोलोजीले, त्यो डिप्लोएमेन्टका साथै त्यो कन्ट्रोल गर्ने मेकानिजम पनि हुन्छ । त्यसलाई समान महत्व र समान जिम्मेवारीसाथ डिप्लोएमेन्ट दिनुपर्ने हुन्छ ।

बैंकको सुरक्षामा सबै भन्दा जिम्मेवार को हो जस्तो लाग्छ ?
– जिम्मेवार त संस्थालाई चलाउने नै हुन्छ । डेफिनेट्ली त्यहाँको सम्पूर्ण टिम नै जिम्मेवार हुन्छ । अब फिजिकल सेक्युरिटीको कुरा गर्दा त्यसलाई चुस्त दुरुस्त नराख्दा खेरी नै हुने घटनाहरु हुन् बैंक लुटिने वा त्यस्तै प्रकृतिका अन्य वारदातहरु । बैंकहरुले आफ्नो तर्फबाट गर्नुपर्ने सेक्युरिटी मेजर्सहरुको जिम्मेवारी चाहिँ लिनै पर्ने हुन्छ । जहाँसम्म साइबर सेक्युरिटीको कुरा छ, टेक्नोलोजी इम्प्लिमेन्टेसनमा त्यसलाई सुरक्षित राख्नुपर्ने हुन्छ । जति पनि कन्ट्रोल मेजर्सहरु छन् तिनलाई ठिकसंग राखेको खण्डमा यस खालका ह्याकिङ भन्ने कुरा हुँदैनन् ।

 

पुँजी वृद्धि गर्ने राष्ट्रबंैकको योजना अनुरुप दुईवटा बैंक मर्ज भएपछिको बैंक अफ काठमाडुको प्रगति कुन रुपमा अघि बढिरहेको छ ?
–मर्ज गर्ने भनेकै पुँजी वृद्धि गर्ने सिलसिलामा बैंकहरू मर्ज गरिएको हो । जुन बेलामा राष्ट्र बैंकले पुँजी वृद्धि गर्ने प्रावधान लिएर आयो, त्यही सिलसिलामा दुइटा बैंकको कुरा मिल्दो जुल्दो भएर नै पुँजी वृद्धि पनि हुने र दुइटा बैंक मर्ज गर्दा अलि ठूलो पनि हुने भन्ने दृष्टिकोणबाट हामीले दुइटा बैंक मर्ज गरेका हौँ । त्यसपछि पनि हामीले अधिकृत पुँजी आठ अर्ब पुर्याउनुपर्ने भए पनि त्यो लक्ष्य हासिल गर्न सकेका छैनौँ । अहिलेसम्मको कन्टेक्स्टमा हाम्रो पुँजी ५ सय ६३ करोड पुगेको छ । अझै गत वर्षको मुनाफा घोषणा गर्न बाँकी नै छ । त्यसबाट पनि अलिकति पुँजी आउँछ ।

त्यसो भए फेरि पनि अरु बैंक मर्ज गर्ने योजना पनि हो ? के छ रणनीति ?
यो पुँजी वृद्धि मात्रै एउटा कुरा हो जस्तो मलाई लाग्दैन । यो चाहिँ मार्केटले नै ड्राइभ गर्छ बिस्तारै । नेपाल जस्तो इकोनोमीमा कति वटा बैंक चाहिने हो भन्ने कुरा पनि प्रफिट एविलिटीले अटोमेटिकल्ली बिस्तारै त्यसलाई गाइड गर्दै लान्छ । कति वटा डेवलप कन्ट्रीमा पनि हेर्नुस, बैंकहरु भनेको जहिले पनि एउटा पोइन्टमा पुगेपछि त्यो मर्ज हँुदै गएर नम्बर घट्ने अनि बैंकको साइज ठूलो हुने भइरहेकै छ । संसरभरकै डेभलपमेन्ट हेर्दा त्यही देखिन्छ । र नेपालमा पनि त्यो नहोला भन्ने छैन ।

बैंक मर्जपछि कर्मचारी व्यस्थापनले पनि चुनौति थपिएको होला कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
– यस्तो हुन्छ । कल्चरल डिफरेन्स भन्छ त्यसलाई, हैन ? दुइटा संस्था मर्ज भएपछि हुने भनेको कल्चरल डिफरेन्स हुन्छ । त्यो कल्चरल डिफरेन्सलाई नजरअन्दाज गर्न सकिँदैन । किनभने एउटा संस्थाले एक प्रकारको कल्चरबाट आफूलाई ग्रो गरेर माथि ल्याइरहेको हुन्छ । अनि अर्को सबैको अन्डर्स्ट्याण्डिङ त्यो कल्चरमा भिजिसकेको हुन्छ । अर्को संस्थाको अर्कौ कल्चर हुन्छ । अनि दुइटा संस्थालाई मिलाउँदा स्वभाविक रूपले नै त्यहाँ कल्चरल ग्याप देखिन्छ । इट इज लाइक म्यारिज भन्छ नि, त्यस्तै हो ।

देश संघियतामा गएसंगै गाउँपालिकासम्म आफ्नो सेवा वा पहुँच पुर्याउन के एक्सरसाइज भइरहेको छ ?
–हैन, प्राइभेट बैंकहरुको अल्टिमेट गोल भनेको त प्रफिट नै हो । प्रफिट नै नभइकन च्यारिटेबल काम त कस्ले गर्ला र ? प्रफिट पहिला हेर्छ बैंकले त्यही प्रफिटलाई हेरेर फोकल पोइन्टबाट नै बैंकहरु अगाडि बढ्ने हो । नौ वटा स्थानमा ब्रान्चहरु खोल्नुपर्ने नै भएको छ । अरु बैंकलाई पनि छ, करिब सबै गरेर ४-५ सय ब्रान्च खोल्नु पर्ने नै छ ।

 

अरु वाणिज्य बैंकले आफ्नै सहायक कम्पनी क्यापिटल र मर्चेन्ट बैंकर बनेर काम गर्दा तपाइँहरु चाहिँ किन त्यस्ता गतिविधिबाट टाढै बस्नु भएको ?
– रिसेन्ट्ली हामीले पनि क्यापिटल बैंकिङको काम शुरु गर्न लागेका छौं । त्यसको अर्को सिस्टम कम्पनी त्यो पनि खडा भइसकेको छ । निकट भविष्यमा मर्चेन्ट बैंकको काम पनि सुरु हुन्छ ।

तपाईहरु माइक्रोफाइनान्स कम्पनी खोल्न पनि लाग्नु भएन नि ?
–हामीले डाइरेक्टली आफ्नै शत प्रतिशत सेयरको चाहिँ होइन तर आंशिक सेयरिङमा भने खोल्न लागेका छौँ ।

अनि विपन्न वर्गमा कर्जा कसरी प्रवाह गरिरहनुभएको छ ?
यसमा दुई प्रकारले दिन सकिन्छ । एउटा डाइरेक्ट लेन्डिङ र अर्को इन्डाइरेक्ट लेन्डिङ । डाइरेक्ट लेन्डिङ भनेको चाही हामीले सिधै गएर विपन्न वर्गमा कर्जा फ्लो गर्ने हो जुन हामी गरिहेकै छौँ । त्यसका लागि पनि हामीले सक्षमको प्रोजेक्ट अन्तर्गत ६ वटा ब्रान्च खोलेका छौ, रिमोटै एरियामा । राष्ट्र बैंकको टार्गेट अनुसार जति पुर्याउनुपर्ने हो त्यो चाही पुगेको छैन । त्यही भएर हामीले इनडाइरेक्ट लेन्डिङ भनौ वा होलसेल लेन्डिङ भन्छौ त्यो चाही कोअपरेटिभहरुको थ्रोबाट दिने गरेका छौँ ।

मेलम्चीमा फसेको झण्डै ८० करोड रुपैयाँ फिर्ता आउला या मायाँ नै मार्नुभएको होे ?
होइन, त्यो फिर्ता आउने प्रोसेस पनि छ । त्यो क्लोज भयो भन्ने अवस्थामा छैन । त्यस सिलसिलामा चाइनामै मुद्दा परिरहेको हो । चाइनिज कोटले नै यसको आगामी सुनुवाइको मिति पनि दिएको छ । अनि उनीहरुको इन्टरन्यासनल ट्रान्जाक्सन सम्बन्धी कानुन पनि चेन्ज भएको अवस्था छ अहिले चाइनामा । त्यसले गर्दा यस्तो खालको ट्रान्जक्सनमा यसरी पैसा रोक्दा देश कै प्रतिष्ठामा पनि धक्का लाग्ने जस्तो देखिएको छ भनेर हाम्रा वकिलले भन्नुभएको छ । चाइनाको वकिलले त्यहाँको कानुन पनि रिसेन्ट्ली चेन्ज गरेको छ रे भनेका छन् । यी नै कारणले गर्दा आगामी सुनुवाइमा त्यसको सम्भाव्यता उच्च नै छ । त्यो पैसा पाउने सम्भावना पनि हाइ नै छ । हामीले पनि पैसा फिर्ता पाउनु पर्छ भनिरहेका छौ र त्यहाँबाट पनि हाम्रो पक्षमा कोटमा लडिरहेको अवस्था छ । यसअघि पनि यस्तै किसिमको मुद्दामा पाकिस्तानले पैसा फिर्ता पाएको थियो ।

बैंककै बारेमा भन्नु पर्दा ?
बैंक अफ काठमाण्डु स्टेबल बैंक हो । यसले स्टाबिलिटीलाई बढी ध्यान दिन्छ । प्रफिट भन्ने कुरा चाहिँ अलिकति तलमाथि भइ नै हाल्छ । तर हाम्रो फोकस दिगो प्रगति हुनुपर्छ भन्ने हो । स्थिर हुनुपर्छ भन्ने हो । स्टाबिलिटी मोर इम्पोर्टेन्ट भन्ने कुरा हो । यही नै हाम्रो स्टेक होल्डर्सका लागि म्यासेज पनि हो ।

 

Logo