साठी करोडको लागतमा जुस उद्योग संचालन

साठी करोडको लागतमा जुस उद्योग संचालन

केन्द्रबिन्दु
0
Shares

पथरी, मोरङ, १४ कात्तिक । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी शारडा–जाजु समूहले परीक्षणका लागि आँपको जुस बजारमा ल्याएको छ ।

जुस उद्योगका सञ्चालक महेश जाजूका अनुसार गुडलाइफ वेभरेज नाम दिइएको सो जुसले राम्रो बजार पाएको छ । सुनसरीको दुहबीमा ६० करोड रुपैंयाको लागतमा जुस उद्योग स्थापना गरिएको हो ।

जुसको माग बजारबाट धेरै आइरहेको छ, हामी उत्साहित भएका छौँ, उनले बताए । । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्राण्ड एम्बेस्डर बनाएर जाजुले उत्पादनलाई देशव्यापी बनाउने योजना बनाएको बताए ।

एसियन थाइफुड्स अर्थात् (रमपम चाउचाउ) उद्योगका सञ्चालक जाजु र सरडा नै हुन् । अहिले यो उद्योगले चाउचाउ अमेरिकासमेत निर्यात गर्दै आएको छ ।

Logo