काठमाडौं,११,कात्तिक
दूरसंचार सेवा प्रदायक कम्पनी स्मार्ट सेलले भोली देखि फोरजी सेवा सुरु गर्ने भएको छ । तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिएका छन् । "/>

स्मार्ट सेलले भोली देखि फोरजी सेवा सुरु गर्ने

स्मार्ट सेलले भोली देखि फोरजी सेवा सुरु गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,११,कात्तिक
दूरसंचार सेवा प्रदायक कम्पनी स्मार्ट सेलले भोली देखि फोरजी सेवा सुरु गर्ने भएको छ । तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिएका छन् । प्राविधिक रुपमा सबै तयारी पुरा भएपनि अझै परीक्षणकै क्रममा भएकोले देशका अन्य सहरमा सेवा विस्तारको लागि केही समय लाग्ने स्मार्टले जानकारी दिएको छ ।

भोली देखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपछि यी ठाउँ सहित नेपालगंज, चितवन र विरगंजमा एकसाथ व्यवसायिक रुपमा सुरु गरिने राजभण्डारीले जानकारी दिए । स्मार्टले नेपालमा हाल सम्मकै सबैभन्दा द्रुतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । अहिले थ्रीजी र फोरजी बीचमा गतिमा उपभोक्ताले फरक अनुभुति गर्न नपाएको तर स्मार्टले त्यो अनुभव गराउने राजभण्डारीको विश्वास छ । सन् २००८ मा पश्चिमाञ्चल विकासक्षेत्रबाट सिमितक्षेत्रको जिएसएम सेवाबाट सेवा सुरु गरेको स्मार्टले सन् २०१३ मा युनिफाइड अनुमति पाएको थियो ।

Logo