आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि

आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १० कात्तिक । चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रुपैंया रहेकामा ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार रुपैंया संकलन भएको हो ।

शीर्षकगतरुपमा आयकरतर्फ २० अर्ब ७३ लाख ८२ हजार रुपैंया, मूल्य अभिवृद्धि करतर्फ १८ अर्ब ३२ करोड २७ लाख ५२ हजार रुपैंया र अन्तःशुल्कतर्फ १२ अर्ब ८१ करोड ९३ लाख ३८ हजार रुपैंया संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १ सय ३ प्रतिशत र अन्तःशुल्कतर्फ १ सय ३ प्रतिशत हो ।

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख ८४ हजार रुपैंया र २७ करोड ७९ लाख ५७ हजार रुपैंया संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तःशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । आन्तरिक राजश्व विभागलाई चालु आवका लागि २ खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख ४५ हजार रुपैंया लक्ष्य तोकिएको छ ।

Logo