काठमाडौँ, ५, कात्तिक
सरकारले स्थानीय तहलाई सवा २ खर्ब रुपैयाँ विनियोजन गर्दै चालु आर्थिकवर्ष सुरु हुनुभन्दा डेढ महिना पहिले नै बजेट ल्याए पनि विकास खर्चको अवस्थामा सुधार आउन सकेको छैन । "/>

३ महिनाको विकास खर्च साढे चार प्रतिशत मात्र

३ महिनाको विकास खर्च साढे चार प्रतिशत मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५, कात्तिक
सरकारले स्थानीय तहलाई सवा २ खर्ब रुपैयाँ विनियोजन गर्दै चालु आर्थिकवर्ष सुरु हुनुभन्दा डेढ महिना पहिले नै बजेट ल्याए पनि विकास खर्चको अवस्थामा सुधार आउन सकेको छैन । समयमै बजेट ल्याएको र स्थानीय तहमा बजेट पठाएको भन्दै सरकारले यो वर्ष लक्ष्य अनुसार विकास बजेट खर्च हुने अनुमान गरेको थियो । तर आर्थिकवर्षको ३ महिनाको खर्चको तथ्यांक हेर्दा यो वर्ष पनि सुधार नआउने संकेत देखिएको हो ।

गतवर्षको पहिलो ३ महिनामा सरकारले १० अर्ब ७० करोड रुपैयाँ विकास बजेट खर्च गरेको थियो । यो खर्च लक्ष्यको ३.४० प्रतिशत मात्र थियो । गतवर्षको बजेटमा ३ खर्ब ११ अर्ब रुपैयाँ विकास बजेट विनियोजन गरिएको थियो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार विकास बजेटको यो वर्षको अवस्था पनि गतवर्षको भन्दा भिन्न छैन । महालेखाका अनुसार चालु आवको पहिलो तीन महिना (असोज मसान्त) सम्ममा १५ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको तुलनामा ४.६४ प्रतिशत मात्र हो । सरकारले चालु वर्षमा ३ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको छ ।
नागरिकबाट

Logo