३,कात्तिक, काठमाडौं । मध्य तिहारमा यतिबेला बजारमा फूलका माला, मिठाई, रंगीचंगी बत्ती र कपडा किन्नेहरूको घुइँचो छ । यस मध्ये पनि गुलिया मिठाईहरू तिहारका खास आकर्षण हुन् । "/>

तिहारमा भाइमसला र फूलको व्यापार अधिक

तिहारमा भाइमसला र फूलको व्यापार अधिक

केन्द्रबिन्दु
0
Shares

३,कात्तिक, काठमाडौं । मध्य तिहारमा यतिबेला बजारमा फूलका माला, मिठाई, रंगीचंगी बत्ती र कपडा किन्नेहरूको घुइँचो छ । यस मध्ये पनि गुलिया मिठाईहरू तिहारका खास आकर्षण हुन् । तिहारमा अन्य वस्तुको तुलनामा गुलिया मिठाइका परिकारहरूको व्यापार उच्च हुने व्यापारीहरू बताउँछन् । त्यसैले पनि अहिले प्रत्येक किराना पसलहरूमा अन्य वस्तुभन्दा मिठाईका परिकारहरू विशेष गरि सजाएर राखिएका पाइन्छन् ।

पछिल्लो समयमा विभिन्न प्रकारका मिठाईमा आकर्षण देखिएको छ । तिहारमा मिठाईलाई विशेष परिकारका रुपमा लिइन्छ । गुलियो र उज्यालोको चार्ड भनिने भएकाले अहिले विभिन्न मिठाई पसलहरुमा उपभोक्ताको ठूलो भीड देख्न थालिएको छ । खुद्रा व्यापार संघका अनुसार तिहारमा चकलेट र विभिन्न गुलिया परिकार मिसाइएका भाइमसलाको किनबेच बढी हुन्छ । पछिल्लो समय व्यापारीहरूले विभिन्न प्याकमा त्यस्ता चकलेट तथा मिठाइजन्य परिकार मिसाएर भाइमसलाको प्याक नै बनाएर बेच्न थालेका छन् ।भाइमसलामा काजु, बदाम, पेस्ता, ओखर, छोकडा, किसमिस, नरिवल, मिश्री, मख्खन, चकलेट लगायतका परिकार मिसाइन्छ ।

बजारमा अहिले एक प्याकेट भाइमसलाको मूल्य एक सय देखि छ सय रुपैयाँ सम्म पर्ने बताइन्छ । नेपाली बजारमा पाइने मिठाई तथा भाईमसलाहरु भारतबाट करोडौं मूल्यमा ल्याइने गरिन्छ । अहिले बजारमा भारतबाट अनधिकृत रुपमा भित्र्याइएका मिठाईको बिगबिगी देखिएको छ। बढी चम्किलो र अस्वभाविक रंग प्रयोग गरिएका मिठाई उपभोग नगर्न स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

 

Logo