पोखरा,३, कात्तिक
झिसमिसे उज्यालो नहुँदै पोखराको सराङ्कोट डाँडामा अचेल आन्तरिक एवं बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ । "/>

सराङ्कोट डाँडामा आन्तरिक एवं बाह्य पर्यटकको घुँइचो

सराङ्कोट डाँडामा आन्तरिक एवं बाह्य पर्यटकको घुँइचो

केन्द्रबिन्दु
0
Shares

पोखरा,३, कात्तिक
झिसमिसे उज्यालो नहुँदै पोखराको सराङ्कोट डाँडामा अचेल आन्तरिक एवं बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ । एकअर्कालाई पनि राम्रोसँग ठम्याउन नसके पनि उनीहरू सखारै उठेर पोखराको चुली सराङ्कोट उक्लिन भ्याउँछन् । पोखरा घुम्न आउने अधिकांश आन्तरिक एवं बाह्य पर्यटक सराङ्कोट डाँडा नपुगी हत्पती फर्किंदैनन् । सराङ्कोट डाँडा पोखरा र आसपासको मनोरम दृश्य अवलोकनका साथै विशेष गरी सूर्योदय (सनराइज) अवलोकनका लागि प्रसिद्ध मानिन्छ । पोखरा घुम्न आउने पर्यटक सराङ्कोट आसपासको दृश्य चिहाउन प्याराग्लाइडिङमा चरा झैं उडेर आनन्द लिने गर्दछन् भने कोही अल्ट्रालाइट रोज्छन् ।

साथीहरूसँग पोखरा घुम्न आएकी ललितपुरकी वर्षा खत्री सराङ्कोटको डाँडामा खुबै रमाइन् । बिहानै पूर्वबाट विस्तारै सूर्यको लाली उदाउँदै गर्दा उनले त्यसको सुन्दर दृश्य क्यामरामा कैद गर्दा निकै पुलकित भइन् । उनी मात्रै हैन, सँगै आएका अन्य चार जना सहकर्मीले उत्तरमा माछापुच्छे« र पूर्वमा सनराइजलाई पछाडि दृश्यमा पार्दै दर्जनौं तस्बिर खिचाउन ठेलमठेल गरे । आन्तरिक मात्र हैन, विदेशी पर्यटकहरू पनि उत्तिकै व्यस्त थिए । बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान लगायतका मुलुकबाट पोखरा घुम्न आएका विदेशी पर्यटक पनि पूर्वमा सूर्यको लाली नछर्दै क्यामरा पूर्वी दिशामा सोझ्याएर पहिले देखि नै राख्न भ्याएका थिए । पूर्वी दृश्यमा क्यामेराले सुन्दर दृश्य कैद गरिरहँदा चाइनिज पर्यटक रेजिनको मुखबाट फुत्कियो ।
राजधानीबाट

Logo