बाढीका कारण ३० हेक्टर धान जमिनमा क्षति

बाढीका कारण ३० हेक्टर धान जमिनमा क्षति

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३१ असोज ।

गत साउनमा आएको बाढीले ३० हेक्टर खेतीयोग्य जमिनमा क्षति गरेको छ । धान खेती भएकै जमिनमा क्षति भए पनि धान उत्पादन भने नघट्ने बाली विकास निर्देशनालयको अनुमान छ ।

गत वर्षभन्दा २ लाख मेट्रिक टन बढी धान उत्पादन गर्ने बाली विकास निर्देशनालयको प्रक्षेपण भए पनि बाढीले क्षति पुर्याउँदा ९० हजार मेट्रिक टन धान घटेको निर्देशनालयका सूचना अधिकारी प्रकाश आचार्यले बताए । सबैभन्दा बढी गत वर्ष ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

आचाार्यका अनुसार पछिल्ला बर्षहरुमा डुबान र सुख्खा दुवै सहने खालका धानका जातहरु किसानले लगाउन थालेकाले पनि उत्पादनमा वृद्धि हुने गरेको छ । यति बेला तराईका अधिकांश क्षेत्रमा लगाइएको धान बाली काट्न शुरु भएको छ ।

यसैबीच, खाद्य संस्थाानले यस वर्ष २ लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । देशका ११ वटा कार्यालयबाट उक्त परिमाणको धान खरिद गर्न लागिएको खाद्य संस्थानले जनाएको छ । सबैभन्दा बढी लाहानबाट ८० हजार मेट्रिक टन धान खरिद गर्नेछ भने धनगढीबाट ४५, नेपालगञ्जबाट २०, बर्दियाबाट ३०, वीरगञ्जबाट ३०, बिर्तामोडबाट २०, भैरहवाबाट २० जनकपुरबाट १५ महेन्द्रनगरबाट ५ हजार मेट्रिक टन धान खरिद गर्ने संस्थानले जनाएको हो । देशभर संस्थानसँग एक लाख मेट्रिक टन भण्डारण गर्ने क्षमता छ ।

Logo