दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौँ, ३० असोज । धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६ दशमलब ६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो ।

दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक १ हजार ५ सय ६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १० दशमलब २१ बिन्दुले उकालो लागेको छ । कूल १ सय ६३ कम्पनीको १४ लाख ५६ हजार ६ सय ३७ कित्ता सेयर ६० करोड ५० लाख ७ हजार ६ सय १४ रुपैंयामा खरिद बिक्री भएको हो ।

स्टकका अनुसार बैंकिङ ४८ दशमलब ६६, होटल ७८ दशमलब ०५, विकास बैंक ५७ दशमलब ३६, जलविद्युत् ५२ दशमलब ५५, वित्त क्षेत्र ९ दशमलब ९, बीमा समूह २६४ दशमलब ७५ र अन्य समूह ० दशमलब २८ बिन्दुले बढ्दा व्यापार क्षेत्र भने ४ दशमलब २२ बिन्दुले ओरालो लागेको छ ।

Logo