काठमाडौं,३०,असोज
तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । "/>

चमेलियामा ढिलाइले राज्यलाई १६ अर्ब घाटा

चमेलियामा ढिलाइले राज्यलाई १६ अर्ब घाटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलाई हुँदा यति धेरै रकम मुलुकले घाटा बेहोर्नुपरेको हो । उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको छ । यसलाई नेपालको जलविद्युत् क्षेत्रको असफल आयोजनाको रूपमा समेत चित्रण गर्ने गरिएको छ । सुरुको लागत ८ अर्ब ३४ करोड रहेको आयोजनाले लागत बढेर सम्पन्न हुने लक्ष्य राखिएको आगामी डिसेम्बर सम्ममा १५ अर्ब ९९ करोड पुगेको छ । समयमै नबन्दा ७ अर्ब ६५ करोड लागत बढेको आयोजना सम्पन्न नभएर विद्युत् उत्पादन नहुँदा ६ वर्षमा ८ अर्ब ४७ करोड रुपैयाँ गुमाएको छ ।
कारोबारबाट

Logo