स्मार्ट सेलको तिहार–छैठ अफर

स्मार्ट सेलको तिहार–छैठ अफर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाण्डौं, २९ असोज

स्मार्ट सेलले तिहार तथा छठको अवसर पारेर भ्वाइस, डाटा र एसएमएसमा विशेष अफर ल्याएको छ । आजको पाँच र आजको दश अफरमा पाँच तथा दश रुपैयाँमा अनलिमिटेड कुराकानी तथा एसएमएस गर्न पाइनेछ ।

ग्राहकले पाँच रुपैयाँमा स्मार्टदेखि स्मार्टको नेटवर्कभित्र रातीको समय अनलिमिटेड कुराकानी गर्न पाउँछन् । यसैगरी पाँच रुपैयाँमै राती अनलिमिटेड एसएमएस गर्न पाउनेछन् । साथै पाँच रुपैयाँमै स्मार्टले २५ एमबी डाटा उपलब्ध गराएको छ ।

यसैगरी आजको दश अफरमा १० रुपैयाँमा दिन तथा रातभरी अनलिमिटेड कुराकानी गर्न पाइनेछ । यसैगरी दश रुपैयांमै दिन र रातभरी २ जी नेटवर्कमा ७५ एमबी डाटा प्रयोग पाइनेछ । त्यस्तै दश रुपैयाँमै दश मिनेट अन्य नेटवर्कमा र स्मार्ट देखि स्मार्टमा भने रातीको समयमा अनलिमिटेड कुराकानी गर्न पाइन्छ । यसैगरी दश रुपैयाँमै दश वटा एसएमएस अन्य नेटवर्कमा र स्मार्टदेखि स्मार्टमा अनलिमिटेड एसएमसस पठाउन सकिन्छ । स्मार्टका यी अफर शनिबारदेखि नै लागू भइसकेको छ ।

स्मार्ट टेलिकमका चिफ कमर्सियल अफिसर राजीव कुमारले तिहार तथा छठलाई ध्यानमा राख्दै ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले भ्वाइस, डाटा र एसएमएमा आकर्षक अफर ल्याएको बताए ।

 

Logo