काठमाडौँ, २९, असोज
नेपालका बैंक तथा फाइनान्सको विदेशी बैंकहरुको खातामा २७ अर्ब २८ करोड ७४ लाख २० हजार रुपैयाँ रहेको देखिएको छ । "/>

विदेशी बैंकहरुमा नेपाली बैंकहरुको २७ अर्ब २८ करोड रुपैयाँ

विदेशी बैंकहरुमा नेपाली बैंकहरुको २७ अर्ब २८ करोड रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९, असोज
नेपालका बैंक तथा फाइनान्सको विदेशी बैंकहरुको खातामा २७ अर्ब २८ करोड ७४ लाख २० हजार रुपैयाँ रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार ०७४ को असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल तरल पुँजी चार खर्ब २३ अर्ब २४ करोड २१ लाख २० हजार रुपैयाँ रहेकोमा सो मध्ये नगदका रुपमा ६४ अर्ब ३७ करोड २६ लाख रुपैयाँ रहेको छ भने विभिन्न बैंक तथा फाइनान्सको खातामा तीन खर्ब पाँच अर्ब ७९ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ ।

विभिन्न बैंकहरुको खातामा रहेको कुल तीन खर्ब रुपैयाँ मध्येमा पनि नेपाल राष्ट्र बैंकमा दुुई खर्ब ३३ अर्ब २५ करोड ६८ लाख ३० हजार रुपैयाँ रहेको छ भने वाणिज्य बैंकहरुमा रहेको खातामा ३८ अर्ब ८८ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ । यस बाहेक विकास बैंक र फाइनान्स कम्पनीहरुमा रहेको खातामा ६ अर्ब ३६ करोड ८७ लाख ६० हजार रहेको र विदेशी बैंकहरुको खातामा २७ अर्ब २८ करोड ७४ लाख २० हजार रुपैयाँ रहेको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुको मात्र विदेशी बैंकहरुमा २७ अर्ब २२ करोड ४४ लाख ५० हजार रुपैयाँ रहेको छ ।
आर्थिक दैनिकबाट

Logo