सोलुखुम्बु, असोज , २७
सोलुखुम्बुमा यसवर्ष वर्षे आलु उत्पादनमा वृद्धि भएको छ । अघिल्ला सिजनमा भन्दा यो सिजनमा प्रतिहेक्टर एक टनले उत्पादनमा वृद्धि भएको हो । "/>

सोलुखुम्बुमा बर्षे आलु उत्पादनमा वृद्धि

सोलुखुम्बुमा बर्षे आलु उत्पादनमा वृद्धि

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, असोज , २७
सोलुखुम्बुमा यसवर्ष वर्षे आलु उत्पादनमा वृद्धि भएको छ । अघिल्ला सिजनमा भन्दा यो सिजनमा प्रतिहेक्टर एक टनले उत्पादनमा वृद्धि भएको हो । जिल्लामा एक हजार २२ हेक्टरमा वर्षे आलुको खेती गरिएको छ भने हिउँदे आलु एक सय २७ हेक्टरमा मात्र गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । अघिल्लो सिजनमा प्रतिहेक्टर करिब १५ टनका हिसाबले उत्पादन भए पनि पछिल्लो सिजनमा प्रतिहेक्टर १६ टनका दरले आलु उत्पादन भएको कार्यालयको भनाइ छ । मौसम अनुकूल हुनु आलु उत्पादन बढ्नुको मुख्य कारण भएको वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले बताए । उनले कृषकको मेहनत, सिँचाइ र मल व्यवस्थापन पनि उत्पादन वृद्धिका कारण भएको बताएका छन् ।
गोरखापत्रबाट

Logo