काठमाडौँ, २७, असोज
सरकारले आगामी साउन देखि लागू हुने गरी कामदारहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने भएको छ । "/>

आगामी वर्षको साउनदेखि कामदारको न्यूनतम पारिश्रमिक बढ्ने

आगामी वर्षको साउनदेखि कामदारको न्यूनतम पारिश्रमिक बढ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७, असोज
सरकारले आगामी साउन देखि लागू हुने गरी कामदारहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले हालको न्यूनतम पारिश्रमिक समयसापेक्ष नभएको भन्दै पुनरावलोकन गर्ने तयारी गरेको हो । प्रत्येक दुई वर्षमा श्रमिकहरूको पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ । यसका लागि श्रम ऐन २०७३ कार्यान्वयन हुनुपर्ने र त्यसका लागि नियमावली अत्यावश्यक भएकाले यतिबेला मन्त्रालय मस्यौदा बनाउने तयारीमा जुटेको छ ।

मन्त्रालयका निमित्त सचिव तेजराज पाण्डेले हालै व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा न्यूनतम पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रालयले काम सुरु गरिसकेको जानकारी दिएका छन् । कामदारको न्यूनतम पारिश्रमिक अहिले ९ हजार ७ सय रुपैयाँ छ ।
कारोबारबाट

Logo