काठमाडौँ, २७, असोज

काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जिम्मा लिएर हाल सम्म काम थालनी गर्न नसक्दा पनि पुनः तीन वर्षका लागि म्याद थप गर्ने तयारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । "/>

काठमाडौं–हेटौंडा सुरुङमार्ग काम चाहिं शुन्य, समय चाहिं थपेको थप्यै !?

काठमाडौं–हेटौंडा सुरुङमार्ग काम चाहिं शुन्य, समय चाहिं थपेको थप्यै !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७, असोज

काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जिम्मा लिएर हाल सम्म काम थालनी गर्न नसक्दा पनि पुनः तीन वर्षका लागि म्याद थप गर्ने तयारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई २०६९ वैशाखमा मन्त्रिपरिषद्ले पारित गरे अनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनुपर्ने भए पनि अहिलेसम्म लगानीको आधारसमेत देखाउन नसकेको उक्त कम्पनीलाई मन्त्रालयले योजनाबद्ध रुपमा म्याद थप गर्न चाहेको देखिएको हो । गत फागुनमा म्याद समाप्त भएपछि कम्पनीले म्याद थपको प्रस्ताव गरेको थियो । फागुनमा बुझाएको प्रतिवेदनमा लागत समेत बढ्ने प्रस्ताव पेस गरेको मन्त्रालयले जानकारी दिएको छ । सुरुमा ३६ अर्ब रुपैयाँको लागत लाग्ने भनिए पनि फागुनमा बुझाएको प्रतिवेदनमा ५० अर्ब हाराहारीमा लागत लाग्ने उल्लेख छ । पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि उद्योगपतिहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने र बाँकी जनताबाट उठाउने घोषणा गरेको थियो । तर उद्योगपतिहरुले एक रुपैयाँ पनि दिन सकेका छैनन् । जनताबाट भने कम्पनीले ३१ करोड ७६ लाख रकम जुटाएको छ।
आर्थिक दैनिकबाट

Logo