काठमाडौँ, २७, असोज
माटोरहित पट फ्लावरको कारोबार उपत्यकामा सुरु भएको छ । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा उक्त कारोबार सुरु गरिएको हो । "/>

माटोरहित पट फ्लावरको कारोबार सुरु

माटोरहित पट फ्लावरको कारोबार सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७, असोज
माटोरहित पट फ्लावरको कारोबार उपत्यकामा सुरु भएको छ । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा उक्त कारोबार सुरु गरिएको हो । मेलामा अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध रहेको बागमती फ्लोरा प्रालि प्रबन्ध निर्देशक संजिब कार्कीले बताए । फ्लोरा प्रालिले ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ ।

गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोग गर्न सकिने प्रालिले जनाएको छ । अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने यो पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको प्रालिका प्रबन्ध निर्देशक कार्कीले बताए । हल्याण्डको पम भन्ने संस्थासँगको पा्रबिधिक सहयोग सहित आयातित गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए । उपहार दिने परिपाटीलाई आत्मसाथ गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने प्रालिले जनाएको छ । उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ । जारी मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको देखिएको छ । हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको दाबी प्रालिले गरेको छ ।

Logo