आइएमईद्वारा न्यौपानेलाई १० लाख नगद उपहार

आइएमईद्वारा न्यौपानेलाई १० लाख नगद उपहार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ असोज ।

१० लाख राशीको पहिलो बम्पर उपहार आइएमईका सेवाग्राहीका थानेश्वर न्यौपानेले पाएका छन् । यस वर्षको दशैं, तिहार र छठ पर्वहरूलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत उक्त राशीको पहिलो बम्पर उपहार न्यौपानेले पाएका हुन् ।

कतारबाट नेपालमा २७ हजार ५ सय रुपैयाँ न्यौपानेले पठाएका थिए । उनलाई सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेताको रुपमा घोषणा गरिएको हो ।

त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आइएमईका सेवाग्राही बिमल गौतमले प्राप्त गरेको आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले बताए । उनलाई पनि सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेताका रूपमा घोषणा गरिएको हो । गौतमले युएईस्थित अल–अहलियाबाट नेपालमा पैसा पठाएका थिए । उनले आइएमई लाइफ इन्स्युरेन्सको ६लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

यही भाद्र १२ गतेदेखि संचालनमा आएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राहीलाई सहभागी गराई दैनिक ‘लक्की ड्र’बाट करिब २ हजार ७ सयजना आइएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेको आइएमईका ब्राण्ड एम्बासडर गिरीले बताए ।

मङ्सिर ३ गतेसम्म १२ हप्ताको लागि संचालन भएको सेवाग्राहीमुखी कार्यकममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममार्फत विजेता घोषणा गरिने गरिएको छ ।

 

Logo