काठमाडौं,२६, असोज
चालू आर्थिक वर्ष २०७४, ०७५ को नेपालको आर्थिक वृद्धिदर बारे दुई ठूला दातृनिकाय विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण असफल हुने दाबी अर्थ मन्त्रालयले गरेको छ । "/>

नेपालको आर्थिक वृद्धिदरबारे विश्व बैंक र एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदरबारे विश्व बैंक र एडीबीको प्रक्षेपण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६, असोज
चालू आर्थिक वर्ष २०७४, ०७५ को नेपालको आर्थिक वृद्धिदर बारे दुई ठूला दातृनिकाय विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण असफल हुने दाबी अर्थ मन्त्रालयले गरेको छ । अघिल्लो महिना एडीबीले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४ दशमलव ५ प्रतिशत मात्र हुने बताएको थियो । अर्थ मन्त्रालयले भने आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशतबाट वृद्धि भएर ७ दशमलव २ प्रतिशतमा पुर्याउन अहिलेसम्म खासै अवरोध नआएको जनाएको छ ।

विश्व बैंक र एडीबीले नेपालको कृषि क्षेत्रको अवस्थालाई हेरेर आर्थिक वृद्धिदर घट्ने बताए पनि बाढीपछि तराईमा धान लगायत कृषि उत्पादन वृद्धि हुने भन्दै ती निकायका पछिल्ला प्रक्षेपण गलत हुने दाबी अर्थ मन्त्रालयको छ । अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष धान उत्पादन वृद्धि हुने र लोडसेडिङ नभएको तथा मजदूर समस्या पनि उत्पादन क्षेत्रमा नभएको कारण आर्थिक वृद्धिदरमा कुनै असर नपर्ने अर्थ मन्त्रालयको दाबी छ । अघिल्लो आर्थिक वर्षमा ५२ लाख मेट्रिकटन धान उत्पादन भएकामा यसवर्ष ५४ लाख भन्दा बढी हुने कृषि मन्त्रालयले अनुमान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
आर्थिक दैनिकबाट

Logo