मल्टिनेशनल कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छौं – न्यौपाने (भिडियो वार्ता)

मल्टिनेशनल कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छौं – न्यौपाने (भिडियो वार्ता)

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो समय बिभिन्न उद्योग र व्यवसायमा युवाको आकर्षण बढ्दो छ । धेरै युवाहरु स्वदेशमा रोजगार र सुरक्षा नभएको भन्दै विदेश पलायन भइरहेका बेला कतिपय युवा भने देश विकासका लागि इटा थप्न लागि परेका छन् । यस्तै युवामा पर्छन्, सागरप्रसाद न्यौपाने ।

सागर गोपाल इण्डष्ट्रिज प्रालिमा बिगत लामो समयदेखि जेनरल मेनेजरको जिम्मेवारी निभाइरहेका छन् । उनी पछिल्लो समय नेपालमा उद्योग व्यवसायका लागि राम्रै वातावरण भएको भन्दै नेपालका कम्पनीहरु अन्तर्राष्ट्रिय स्तरका कम्पनिसँग प्रतिस्पर्धामा आइरहेको बताउँन् ।

नेपालमा अब उद्योग व्यवसाय लगानी गर्न नडराइ गुणस्तरमा ध्यान दिन सके नेपाली बजारलाई विश्वसामू पुर्याउन सकिने उनको विश्वास छ । प्रस्तुत छ, यी र यस्तै विषयमा केन्द्रबिन्दु टिभीकालागी लक्ष्मी नेपालले गरेको कुराकानीको अंश ।

 

 

 

Logo