धितोपत्र बजारमा झिनो सुधार

धितोपत्र बजारमा झिनो सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४ असोज । लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको छ । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक १ हजार ५ सय २ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ ।

आज कुल १ सय ५५ कम्पनीको ६ लाख ७४ हजार ७ सय ८६ कित्ता शेयरको ३० करोड ७० लाख ६८ हजार ३ सय १९ रूपैंया बराबरको कारोबार भएको छ । विकास बैंक समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह ८.६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०.३, व्यापार ३.३८, होटल ६.२१, बीमा ८.९९ र उत्पादन समूहका शेयर ११.६४ बिन्दुले ओरालो लागेको छ ।

लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ ।

Logo