अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई

अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई

केन्द्रबिन्दु
0
Shares

ओस्लो, २४ असोज ।

अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ ।

सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यक्तिगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने बिषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई पुरस्कृत गरिने भएको हो ।

समितिले पुरस्कार घोषणाबारे जानकारी दिन सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । एजेन्सी

 

Logo