केन्द्रविन्दु संवावददाता । उदयपुर, २४ असोज ।

विद्युतभार कटौती भएपछि देशकै ठुलो उदयपुर सिमेन्टको उत्पादनमा सुधार आएको छ । "/>

विद्युतभार कटौती भएपछि उदयपुर सिमेन्टको उत्पादनमा सुधार

विद्युतभार कटौती भएपछि उदयपुर सिमेन्टको उत्पादनमा सुधार

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवावददाता । उदयपुर, २४ असोज ।

विद्युतभार कटौती भएपछि देशकै ठुलो उदयपुर सिमेन्टको उत्पादनमा सुधार आएको छ ।

उद्योगले गत भदौदेखि असोजसम्मको ३ साताको अवधिमा २ करोड रुपैयाँ भन्दा बढी घाटा बोहोरेको भएपनि सिमेन्ट उत्पादनमा भने सुधार गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युतभार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको हो ।

पछिल्लो एक साता यता उद्योगले दैनिक ७ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्न थालेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले बताए । शाहका अनुसार अब यसरी नै एक महिनासम्म निरन्तर सञ्चालन भए उद्योगको घाटा कम गर्न सकिने छ । गत आर्थिक बर्षमा सो उद्योगले करिब २५ करोड रुपैयाँ नाफा गरेको थियो ।

Logo