काठमाडौं, २४, असोज
सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ । "/>

सुन आयातमा ५० प्रतिशतले वृद्धि

सुन आयातमा ५० प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४, असोज
सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशत भन्दा बढी हो । गतवर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ । सरकारले पहिले वैदेशिक रोजगारीमा गएका र विदेशमा बस्ने नेपाली स्वदेश फर्किंदा ५० ग्राम सम्म सुन ल्याउन छुट दिएको थियो । चालु आवदेखि यो व्यवस्था पूर्ण रुपमा हटाएको छ ।
नागरिकबाट

Logo