धितोपत्र बजार -आज पनि ओरालो

धितोपत्र बजार -आज पनि ओरालो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २३ असोज (रासस) – धितोपत्र बजार आज पनि ओरालो लागेको छ । 

दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५०१ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५३ अंकले घटेको छ । आज अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेको छ । कूल १५२ कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता शेयर रु ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा कारोबार भएको छ । 

स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ नौ, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ । 

राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो । 

Logo