भक्तपुरका सुन्दर तामार्थुलाई केएल मोबाइल सुुुनको सिक्का उपहार

भक्तपुरका सुन्दर तामार्थुलाई केएल मोबाइल सुुुनको सिक्का उपहार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ असोेज ।

चाबहिलस्थित केएल टावरमा रहेको केएल मोबाइल हबमा मोबाइल खरिद गरेका भक्तपुर निवासी सुन्दर तामार्थुले केएल मोबाइल हबद्वारा राखिएको सुुुनको सिक्का उपहार प्राप्त गरेका हुन् ।

दशैं तिहारको अबसर पारी केएल मोबाइल हबले सुरु गरेको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्दा तामार्थुले उक्त उपहार प्राप्त गर्न सफल भएको थप केएल मोबाइल हबको सेल्स मेनेजर अजय लामाले बताए ।

नेपालमै सबैभन्दा धेरै ब्राण्डका मोबाइल पाइने दावी गर्दै आएको केएल मोबाइल हबमा जारी मोबाइलको मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने गरी उपहारको ब्यवस्था गरेको छ । साथै बम्पर उपहार स्वरुप एकवटा आरवान फाइभ बाइक, एकवटा आइफोन ८ र मलेसिया सिंगापुर भ्रमणको प्याकेज समेत रहेको सेल्स मेनेजर लामाले बताए ।

हरेक मोबाइलको खरिदमा ७ देखि ६० प्रतिशत सम्म छुट पाइने बताउँदै केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले अझै थुप्रै सुनचाँदीका सिक्का, स्मार्टफोन लगायत अन्य उपहार बाँकी रहेको बताइन् ।

बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइलको कारोबार गरिरहेको केएल मोबाइल हबमा १५ भन्दा बढी मोबाइल कम्पनीको टच एण्ड फिल जोन राखिएको छ । जस्तो सुकै बिग्रिएर थन्कीएको मोबाइल पनि एक्सचेन्ज गरिने एक्सचेन्जको मेगा अफर भएकाले पनि उपभोक्ताको भीड लागेको सेल्स मेनेजर लामाले बताए । मेगा अफर सहितको मोबाइलको मेगा मेला तिहार सम्म जारी रहने आयोजकले जनाएको छ ।

Logo