यस वर्ष धान उत्पादन कस्तो होला ?

यस वर्ष धान उत्पादन कस्तो होला ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० असोज ।

गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । गत वर्षभन्दा २ लाख मेट्रिक टन बढी धान उत्पादन गर्ने बाली विकास निर्देशनालयको प्रक्षेपण भए पनि साउन महिनामा आएको भेल बाढीका कारण धान उत्पादन घट्ने अनुमान गरिएको हो ।

यति बेला तराईका अधिकांश क्षेत्रमा लगाइएको धान बाली पाक्न लागेको छ । कुन क्षेत्रमा कति उत्पादन बढ्ने वा घट्नेबारे तथ्यांक संकलन भइरहेकाले आगामी सोमबारसम्ममा त्यसको खास विवरण भन्न सकिने बाली विकास निर्देशनालयका सूचना अधिकारी प्रकाश आचार्यले बताए । सबै भन्दा बढी गत वर्ष ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

Logo